काठमाडौं उपत्यकामा सभा, जुलुस, जात्रा महोत्सव सञ्चालनमा रोक



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा जात्रा र भेला गर्न गराउन रोक लगाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी भदौ १५ गतेसम्मका लागि जात्रा, भेला नगर्न निर्देशन दिएका हुन् ।

खुला ठाउँमा भेला हुन, जम्मा हुन, भिडभाड गर्न र सभा, जुलुस गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । यस्तै दैनिक हुने नित्य पूजाबाहेकका सबै धार्मिक गतिविधिहरु, उद्योग व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्वलगायतका धार्मिक सांस्कृतिक कार्यका लागि भिडभाड नगर्न तथा शैक्षिक संस्था नखोल्न भनिएको छ ।

साथै सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैुलुन, ब्युटीपार्लर, जिमखाना, खेलकुदलगायतमा पनि रोक लगाइएको छ । निषेध गरिएका गतिविधि गरेको पाइए कारबाही हुने काठमाडौका प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अग्रजहरुले गरेको मार्ग–निर्देशन अक्षरशः पालना र अधुरा योजना पूरा गर्छुः महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाका सन्दर्भमा

गण्डकी प्रदेश सरकारबाट माओवादी मन्त्रीले दिए राजीनामा

गण्डकी । गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा (माओवादी

वाग्मती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

बागमती सरकारबाट बाहिरियो एमाले

हेटौंडा । वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबारको प्रदेशसभा बैठकलाई