काठमाडौं उपत्यकामा ११९ सहित थप ५९४ जनामा संक्रमण
काठमाडौं । नेपाला पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४जनामा संक्रमण पुुष्टि भएको हो । शुक्रबार काठमाडौंका थप ८३ जनामा, भक्तपुरका ६ जनामा र ललितपुरका थप ३० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,५७५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४,६३८ जना छन् । आइसोलेसनमा ७,९१३ सक्रिय संक्रमित रहेका छन् । शुक्रबार थप २४० जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या १७,०७७ पुगेको मन्त्रालयले जनाएको छ ।त्यसैगरी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।