नेकपाको आन्तरिक विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन



काठमाडौं । सत्तारुढ नेकपाभित्रको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । शुक्रबार बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि कार्यदल बनाइएको हो ।

कार्यदलमा महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, भीम रावल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् । कार्यदलले पार्टीमा उत्पन्न समस्या समाधानका सम्बन्धमा लिखित रुपमा दुई अध्यक्षलाई लिखित सुझाव पेश गर्नेछ ।

त्यसआधारमा दुई अध्यक्षले सहमतिको प्रस्ताव सचिवालयमा पेश गर्ने स्रोतले जनाएको छ । यसअघि बिहीबार प्रचण्डसँग भएको भेटमा पनि ओलीले कार्यदलको प्रस्ताव गरेका थिए ।

चैतमा महाधिवेशन गर्ने, सहमतिकै आधारमा सरकार तथा पार्टी सञ्चालन गर्ने, मन्त्रिपरिषद पुनर्गठन, मुख्यमन्त्रीहरु हेरफेर समेत गर्न सकिने ओलीको प्रस्ताव छ । कार्यदलले काम सकेपछि स्थायी कमिटी बैठक बसाउने र त्यहाँबाट निर्णय गर्ने अध्यक्षद्वययको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा