अब औषधि खोइ, भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छः स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब औषधि र भेन्टिलेटर भएन भनेर विरोधीहरु सरकारविरुद्ध खनिने बताएका छन् ।

परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री ढकालले सरकारले कोरोनाविरुद्ध सही रुपमा काम गरिरहेको भन्दै विरोधीहरुले अनावश्यक विषयवस्तु उचालेर भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् । उनले कोरोनालाई राजनीतिक प्रतिशोधको विषयबस्तु बनाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘हिजो पीपीई भएन भनेर गीत गाइयो, पीपीई पर्याप्त भयो अनि पीसीआर भएन भनेर अर्को गीत बनाइयो, मलाई थाहा छ, अब औषधि खोइ, भेन्टिलेटर खोइ भनेर गीत बनाएर घन्काइन्छ ।’ सरकार सकारात्मक आलोचन ग्रहण गर्न तयार रहेको भन्दै मन्त्री ढकालले विरोध गर्नेहरुले समस्याको निकास भन्दा असहजता चाहिरहेको बताए ।

उनले आफू निष्ठाको राजनीति गर्ने भएको हुँदा भ्रष्टाचारबारे कल्पना पनि नगर्ने बताए । उनले भने, ‘जुन दिनसम्म राजनीति गर्छु । त्यो दिनसम्म म पैसा कमाउन लाग्दिन्, कमाउन लागेको दिन अब मैले राजनीति छाडें, कमाउन लागें भनेर सन्यास लिन्छु ।’ मन्त्री ढकालले कसैको केही नखाइदिएको भएर आफूविरुद्ध नियोजित षड्यन्त्र गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

  काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको

९ महिनामा गेटा आँखा अस्पतालमा १७ हजारको आँखाको शल्यक्रिया

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित गेटा आँखा अस्पतालले नौ महिनामा १७ हजारभन्दा

यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध