असन्तुष्ट पक्षलाई वेवास्ता गर्दै कांग्रेस सभापति देउवाद्वारा १२ विभागमा झण्डै ५ सय सदस्य मनोनित



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२ वटा विभागमा करिब पाँच सय पार्टी सदस्यहरुलाई विभागको सदस्यमा मनोनित गरेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका असन्तुष्ट पक्षका नेताहरुले विधानको प्राधान अनुसार ६ महिनाभित्र गठन हुन नसकेका विभाग अधिवेशनको अगाडि गर्न नमिल्ने अडान लिँदै नेतृत्वलाई दबाब दिँदै आएपनि सभापति देउवाले आइतबार साँझ १२ वटा विभागमा आफ्नो तर्फबाट सदस्यहरुको मनोनित गरेका हुन् ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, सभापति देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम कांग्रेस केन्द्रीय विभागहरुमा देहायका उपप्रमुख/सचिव/सदस्यहरु मनोनयन गरेका हुन् ।

पार्टी नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित संगठन विभागको सचिवमा झापाका विनकुमार विश्वकर्मा मनोनित भएपनि उक्त विभागको उपप्रमुखमा कोही पनि नियुक्ति गरिएको छैन ।

नयाँ विधान अनुसार संयोजक सहित ५१ सदस्य रहने विभागमा सभापति देउवाले यसअघि पौडेल पक्षले सहमति जनाएमा पार्टीभित्रको गुटगत हिस्साको आधारमा ६०/४० अर्थात आफ्नो तर्फका ३० जना सदस्य मनोनित गर्ने तयारी गरेका थिए । तर, पौडेल पक्षले विभागमा कुनै सहभागीता नजनाउने बताउँदै विभागको औचित्यमाथि नै प्रश्न उठाएपछि देउवाले अधिकांश विभागमा ४० जनाको हाराहारीमा मनोनित गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्र जाँदैछ, राजतन्त्र आउँदैछ भन्ने खतरा अहिले छैन : शेखर कोइराला

काठमाडौं। नेपालको लोकतन्त्र र समाजवादको सुदृढीकरणका लागि विश्वेश्वरप्रसाद कोइराला (बरीपी) को आदर्श तथा

मंगलबारदेखि कक्षा सञ्चालन गर्न सबै विद्यालयलाई ललितपुर महानगरको पत्राचार

पाटन । ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ

६३ एसपीको सरुवा, को कहाँ ?

काठमाडौँ । नेपाल प्रहरीका ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरिएको छ ।

लुटतन्त्र र निरङ्कुशता अन्त्यका लागि राष्ट्रवादी शक्ति एकठाउँमा उभिनुपर्छः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र र निरङ्कुशता हावी