पार्टी विभाजन नगर्न नदिन दबाब दिने उद्देश्यले सत्तारुढ नेकपामा हस्ताक्षर अभियान सुरु



काठमाडौं । पार्टी विभाजन नगर्न नदिन दबाब दिने उद्देश्यले सत्तारुढ नेकपामा हस्ताक्षर अभियान सुरु गरिएको छ । आइतवार संसद् सचिवालयमा पत्रकार सम्मेलन गरी उनीहरूले ६१ जनाको हस्ताक्षर सार्वजनिक गरेका हुन् ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा नेकपाका दुवै पक्षका सांसदले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर संकलन अभियानमा रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, विशाल भट्टराई, नारदमुनि रानालगायत सहभागी छन् । पार्टी एकता जोखाउन दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाएको उनीहरुले बताएका छन् ।

हस्ताक्षर गर्नेमा अमनलाल मोदी, आशा विक, कलिला खातुन, कल्याणी खड्का, कृष्ण भक्त पोखरेल, गणेश पहाडी, गोपी अछामी, घनश्याम खतिवडा, जयकुमार राई, जीवन श्रेष्ठ, तीर्था गौतम, थममाया थापालगायत छन् । उनीहरुले अरु साथीहरु जिल्ला बाहिर काम विशेषले रहेकाले अहिले ६१ जना मात्र रहेको र त्यो संख्या अझै बढ्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा सांसद विशाल भट्टराईले पार्टी अप्ठ्यारोमा परेमा पार्टी कार्यालय, नेताका निवासमा धर्नामा पनि बस्ने बताए ।

त्यसैगरी सांसद रामकुमारी झाँक्रीले नयाँ पार्टी खोलेर त्यसलाई अघि बढाउन सहज नभएकाले नेताहरुले फुटतर्फ नजान आग्रह गरिन् । उनले पहिलो पुस्ताका नेतामा यस्तो विवाद आएको भन्दै बरु दोस्रो पुस्तलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा