नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि
वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका छन् । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । आठ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण छन् ।