विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन असम्भवः शिक्षामन्त्री



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउनुको बिकल्प खोज्न सरकार आन्तरिक अध्ययनमा लागेको बताए । उनले यस बर्षको शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न तहका परीक्षा लिने र पठन पाठन गराउने विषयमा विज्ञसँग सल्लाह लिएको पनि स्पष्ट पारे ।

मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न पनि आग्रह गरे । उनले सबै शिक्षकलाई साउन मसान्तभित्र विद्यालयमा पुग्न आग्रह गर्दै त्यसका लागि सरकारले समन्वय गर्ने बताए । वर्तमान अवस्था असामान्य रहेकाले असामान्य ढंगले नै सिकाइ र बुझाइका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

बैठकमा समिति सदस्यहरुले पठनपाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको भन्दै यसको बैकल्पिक व्यवस्थाबारे प्रश्न गरेका थिए । बैठकमा सांसद खगराज अधिकारीले बैकल्पिक रुपमा शिक्षा प्रणालीलाई अघि बढाउन स्थानीय तहसंग केन्द्र सरकारले समन्वय गर्नुपर्ने धारणा राखे । उनले विद्यार्थी कम भएका विद्यालयलाई मर्जरमा जानुपर्ने सुझाव दिए । त्यस्तै सांसद जीवनराम श्रेष्ठले नेपालको भौगोलिक अवस्थालाइ हेरेर बिभिन्न बिकल्पमा शैक्षिक सत्र सुरु गर्ने बिकल्पमा जान सरकारलाई सुझाव दिए ।

त्यस्तै अधिकांश सांसदहरुले कोरोनाकै कारण यस बर्षको शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले बिभिन्न बिकल्पका साथ शैक्षिकसत्रलाई अघि बढाउन सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिइरहेको  छः अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको कमजोर शिक्षा नीतिको