‘कोरानो संक्रमित बढ्दै जाँदा बिरामीले बेड नै नपाउने अवस्था आउन सक्छ’



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिले महामारी नियन्त्रणमा काम गरिरहेका चिकित्सकहरुको अवस्थाबारे नेपाल चिकित्सक संघसँग छलफल गरेको छ ।

शुक्रबार पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले शुक्रबार संघको कार्यालयमा पदाधिकारीहरुसँग छलफल गरेको हो ।

छलफल स्वास्थ्यकर्मीले भोगिरहेका समस्या र समाधानका विकल्पमा छलफल रहेको समितिले जनाएको छ । छलफलमा महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरुको मनोबल उच्च राख्न सरकारले सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए । उनले कोरोना संक्रमित बढ्दै गएको अवस्थामा पूर्वतयारीलाई तीव्र बनाउनुपर्ने पनि बताए ।

सरकार कोरोना रोकथामको पूर्वतयारीको सवालमा चुकेको भन्दै उनले अब बेलैमा सचेत नहुने हो भने भयावह अवस्था आउन सक्ने बताए ।
छलफलमा संघका अध्यक्ष डा.लोचन कार्कीले कोरानो संक्रमित बढ्दै जाँदा बिरामीले बेड नै नपाउने अवस्था आउन सक्ने बताए । उनले स्थानीय तहमा कोरोना बिरामीका लागि गरिएको पूर्वतयारी पर्याप्त नभएको बताए ।

सीमा नाका भएर आउनेहरुको स्वास्थ्य व्यवस्थापनको उचित प्रवन्ध गर्ने र परीक्षणको दायरा बढाउनुपर्ने, आईसोलेसन बेड, भेन्टिलेटरसहित कोभिड अस्पतालको संख्या बढाउनुपर्ने र बिरामी उपचारको ब्यवस्था यथाशीघ्र छिटो मिलाउनुपर्ने लगायतमा सरकारले बिशेष ध्यान दिनुपर्ने छलफलमा सहभागीहरुले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

  चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन