नारायणकाजीलाई विष्णु रिमालको चेतावनीः ‘नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् !’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् ।

रिमालले शुक्रबार ट्विटरमार्फत प्रवक्ता श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका हुन् ।

रिमालले लेखेका छन्, इनफ इज इनफ नारायणकाजी श्रेष्ठ प्रकाश जी ! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘बिधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!

बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा प्रवक्ता नारायाणकाजी श्रेष्ठले पत्रकारको गोप्य भेला बोलाएपछि पार्टीको आन्तरिक द्वन्द्व बढ्दै गएको छ । नेताहरु एकले अर्को पक्षकालाई सामाजिक संजालमार्फत आरोप प्रत्यारोपमा लगाउनमा व्यस्त हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा

  काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन LIVE

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को

यस्तो छ दलहरुबीच संसदीय छानबिन समिति गठनमा भएको चार बुँदे सहमति(पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत रकम अपचलन छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको कार्यादलमा

गणतन्त्रको घाम अस्ताउनु हुन्न

ईश्वर पोखरेल । निरंकुशताको विरोध र लोकतन्त्र स्थापनाका लागि सङ्घर्षको इतिहास लामै भए