‘प्रधानमन्त्रीले हस्तक्षेप गरेर भएपनि ‘इनफ इज इनफ’को माग सम्बोधन गर्नुपर्छ’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले इनफ इज इनफ अभियानको माग प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तक्षेप गरेर भएपनि सम्बोधन गर्नुपर्ने बताएका छन् ।

कोरोना महामारीको सन्दर्भमा युवा अभियानले उठान गरेको जनहित र जनस्वास्थ्य अुनकूल माग रकेट साइन्स नभए पनि, नेपाल सरकारले मागलाई निष्कर्ष दिन किन यत्रो विलम्ब गरेको भन्दै अध्यक्ष राणाले बिहीबार प्रश्न गरे, सरकारको आलोचना गरे ।

‘युवा अभियन्ता ईः बिना खाना पानी सत्याग्रहमा बसेको बीस दिन भयो । सरकारको आँखा, कान तर बन्द छ,’ अध्यक्ष राणाले ट्वीट गर्दै भने । ‘यस अघि प्रधानमन्त्री स्वयमले सत्याग्रहीलाई भेटेपछि वार्ता र सहमति भएको हो, यद्यपि संझौता पालना गरिएन । जनहित, जनस्वास्थ्य अुनकूल इनफ इज इनफका माग रकेट साइन्स हैन, सरकार यो विलम्ब किन ?’

शान्तिपूर्ण सत्याग्रहको सकरात्मक देन उजागर गर्दै उनले भने, ‘आशा, नैतिकता दुर्बल भएको समाजमा युवा अभियानले सत्य, जवाफदेहीता, प्रजातान्त्रिक आचारलाई मूलधार बनाएको छ । युवा उर्जा, सद्गुण मार्नुमा देशको प्रगति छैन, त्यो देशप्रेम होइन ।’

राणाले जोड दिँदै भने, ‘त्यसैले पछिल्लो समय झैं प्रधानमन्त्रीज्यूले हस्तक्षेप गरेरै निकास दिने बेला छ । ढिला नगरौं, युगले धिक्कार्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले