समकालिन दुनियाँका दुई खतरनाक भ्रम



भरत दाहाल ।

विश्वमा जस्तै नेपालमा पनि २ वटा झूठमा आधारित सबैभन्दा खतरनाक भ्रमहरु छन्। ति हुन्- ‘विकास’ र ‘प्रजातन्त्र’ (Development and Democracy)। अहिलेको विश्वमा समाजवाद र पूँजीवादकाे अस्तित्व मात्र संभव छ। पहिलोले ‘समुदाय’को प्रतिनिधित्व गर्छ भने दोश्रोले ‘व्यक्ति’को। प्रजातन्त्र एउटा काल्पनिक अवधारणा हो, जसको कुनै मूर्त परिभाषा छैन र ‘प्रजा’ वा ‘लोक’को प्रतिनिधित्व गर्ने कुनै संस्था पनि हुँदैन। ‘समुदाय’ र ‘व्यक्ति’ बाहेक अर्को कुनै कित्ता दुनियाँमा छैन। अहिलेको ‘प्रजातन्त्र’ले गुटको प्रतिनिधित्व गर्दछ, गुटभित्र व्यक्ति प्रधान भएर बसेको छ।

‘प्रजातन्त्र’ र ‘विकास’को व्याख्या गर्ने पश्चिमा साम्राज्यवादीहरुले अनुमोदन गरेका यहाँका दलालहरुको अभ्यास नै ‘प्रजातन्त्र’को राम्रो अवधारणा हो। शेरबहादुरले पार्टीसार्टी नमानेर धमाधम विभाग र सदस्यहरुको मनोनयन गर्छन्। ओलीले केन्द्रीय कमिटीको निर्णय पनि नमान्ने र दुबै पद पनि नछोड्ने जानकारी गराईसकेका छन्। पुष्पकमलले पनि १२ बुँदे समझदारी देखि संसदमा प्रवेशसम्मका एजेन्डाहरु पार्टीमा छलफल नगरेर एकल निर्णयका आधारमैं गरेका थिए। मधेशवादीहरुको आधा दर्जन अध्यक्ष भएको पार्टी सबैले देखेका छन्। ‘प्रजा’ र ‘लोक’ एउटा दाउपेचकाे अवधारणा हाे।

अहिलेको ‘विकास’को अवधारणाले ‘लुट’को प्रतिनिधित्व गर्छ भने ‘विकास’ भनेको लुट हो। दोहोरो तेहरो कर लगाएर भ्रष्टाचार गर्ने र जो भ्रष्टाचार गर्नमा अब्बल छ, त्यसैलाई राज्यका पदहरुमा पदासिन गराउने नांगो नाँच हामीले देखिरहेका छौं। ‘विकास’ भनेको अनुत्पाद क्षेत्रमा लगानी गरेर देश वर्वाद पार्ने र विदेशीहरुलाई खेल्ने ठाउँ बनाईदिने नमूना हो। यो श्रोतहरुको दोहन र समाज विभाजनको सिद्धान्त हो। अहिलेको लडाईं नै समुदाय समात्ने कि व्यक्ति उठाउने भन्ने हो। जरो नसमातेर हामी कहीं पनि पुग्दैनौं। लडाईं व्यक्ति र प्रणाालीसंग मात्र सिमित छैन। लडाईं प्णाली र व्यक्ति निर्देशित गर्ने अवधारणासंग जाेडिएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुका १३ पदाधिकारीको संयुक्त पत्रः उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याइयोस्

  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित