‘प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासँग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो’
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सुशील भट्टलाई नियुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा परेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बिचौलिया नियुक्त गरेको भन्दै ओलीसँग असन्तुष्टि जनाएका छन् ।
कहिले यति काण्ड, कहिले ओम्नी काण्डलगायतमा सरकार झन् विवादमा पर्दै गएको छ । तर प्रधानमन्त्री ओली न पार्टीका नेताले भनेको मान्छन् विपक्षीका त झन कुरा सुन्ने नै गर्दैनन् । लगानी बोर्डको सिईओ नियुक्तिबारे टिप्पणी गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले यो प्रकरणस ’लाल बिचौलियावाद’ को अर्को उदाहरणको सज्ञा दिएका छन् ।
उनले भनेका छन्, ‘लगानी बोर्डको सिईओ नियुक्ति प्रकरण: ’लाल बिचौलियावाद’ को अर्को उदाहरण ! प्रधानमन्त्रीज्यूलाई न लोकसँग कुनै डर छ न विधिसँग । छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ । निर्लज्जता ! प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासँग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो ।’