कसरी गर्ने न्यायको सुदृढीकरण ?



डा. युवराज संग्रौला ।

न्यायको सुदृढीकरण र सुदृढीकरण अहिलेको आवश्यकता हो ।
१. बारमा निर्वाचित भएर न्यायाधीश बन्ने भर्याङ्ग बनाउने खेल अब बन्द हुनु पर्छ ।

२. आमविद्यार्थी र युवाहरुले कालोकोट लगाउँदा सम्मान महसुस गर्नुपर्छ । अब सबै किसिममा कार्टेलिङ्ग बन्द हुनुपर्छ ।

३. बारमा निर्वाचित भएर बेन्चमा सेटिङ्ग मिलाउने भ्रष्ट र अनैतिक काम बन्द हुनुपर्छ ।

४. न्यायाधीशले गरेका फैसलाहरुको मूल्यांकन हुनुपर्छ ।

५. जागिर खुवाउन न्यायपरिषदमा पार्टीका नेताका मान्छे लाने प्रथा रोकिनुपर्छ ।

६. अदालतमा घुस बन्द हुनुपर्छ ।

७. गरिब थुनिने र धनी छुट्ने, पावरबाल छुट्ने प्रथा बन्द हुनुपर्छ ।

८. म बारको सदस्य हुँ, त्यसप्रति मेरो सम्मान छ । बारले औपचारिकता होइन अदालतको स्वतन्त्रता, न्यायको निस्पक्षता र वकिलको मर्यादाको लागि लड्नुपर्छ ।

९. दलाली गर्ने वकिलको लाइसेन्स रद्द गर्नुपर्छ ।

१०. न्यायको सुदृढीकरण र सुदृढीकरणका लागि अभियान शुरु भैसकेको छ । देशका हरेक कानुनका विद्यार्थी, युवा कानुन व्यवसायी, अधिवक्ता, बरिस्ठ अधिवक्ता, कानुनविद्हरु अगाडि आउनुहोस् । हामी बारको नेतृत्व स्वीकार गर्न तयार छौं । हामी बारलाई आफ्ना कुरा राखौं । यो अभियान अब सधैका लागि हुनुपर्छ । अभियानमा जोडिएका साथीहरु कसैले आफ्नो दुनो सोझो गर्ने प्रयास नगर्नु होला । आम जनतालाई न्यायमााथि विश्वास निर्माण गर्ने र कालो कोटप्रति सम्मान जगाउने अभियान हो यो ।

नेताज्यूहरु ! तपाईंहरुलाई अनुरोध छ, न्यायपालिकालाई तत्काल सुधार्ने कुरामा ध्यान दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुका १३ पदाधिकारीको संयुक्त पत्रः उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याइयोस्

  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित