काठमाडौं उपत्यकामा शंकास्पद संक्रमितको खोजीका लागि १४ स्थानबाट स्वाब संकलन गरिने
काठमाडौं । स्वास्थ्य मन्त्रालयले शंकास्पद विरामीको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलनका लागि काठमाडौं उपत्यकाका १४ वटा अस्पताल तोकेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पाल, नेपाल प्रहरी अस्पताललगायत १४ वटा अस्पताललाई तोकेको जानकारी दिएको हो ।
मन्त्रालयले विहान ९ बजेदेखि दिउँसो एक बजेसम्म स्वाब संकलन गरिने भएकाले शंकास्पद व्यक्तिलाई ती अस्पतालमा गएर स्वाब परीक्षण गराउन आग्रह गरेको छ । केही दिनदेखि काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।