पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
वीरगंज । वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन कुमार उपाध्यायका अनुसार १४ वर्षदेखि ५६ वर्ष उमेर समूहमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सैनिक, स्वास्थ्यकर्मी र पत्रकार छन् । सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा कार्यरत महिला चिकित्सकमा पनि संक्रमण देखिएको छ ।
त्यस्तै, वीरगंज ११ रानीघाट घर भइ नारायणी बयोधा अस्पताल गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष चिकित्सकमा पनि संक्रमण देखिएको छ । त्यस्तै चण्डीप्रसाद गण वीरगंज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका जवानलाई पनि संक्रमण पुष्टि भएको छ ।