काठमाडौंका ४३ सहित थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या २०,७५० पुगेको छ । सोमबार काठमाडौंका ४३, भक्तपुरका ६ र ललितपुरका दुई जनमा संक्रमण पुष्टि भएको छ । आइसोलेसनमा ५७३२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४९६१ पुगेको मन्त्रालयले जनाएको छ ।