कहिले पूरा हुन्छ ‘इनफ इज इनफ’ को माग ?


काठमाडौं । पीसीआर परीक्षणको दायरा माग गर्दै ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ‘ई’ हरुले अनसन सुरु गरेको आइतबार १६ दिन पुगेको छ । त्यसक्रममा उनीहरुलाई भेट्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु पुगेका छन् । तर सरकारले उनीहरुको मागको कुनै सुनुवाई गरेको छैन ।

राजनीतिक दलका नेताहरु गएर उनीहरुको मागमा ऐक्यवद्धता जनाउने गरेका छन् । तर सरकारले भने वेवास्ता गरिरहेको छ । यसअघि सरकारले आफूहरुसंग गरेको सहमति कार्यान्वन नगरेको भन्दै ‘इनफ इज इनफ’ले दोश्रो पटक आन्दोलन सुरु गरेको हो ।

सरकार कहिलेसम्म उनीहरुलाई यसरी अनसनमा राख्ने ? यसअघि गरेको सहमति कार्यान्वयन गर्न ढिला भएन र ? कतै अभियन्ताहरुको स्वास्थ्यमा केही भयो भने कसले जवाफ दिन्छ ? सरकार त अभिभावक हो नि होइन र ?

फोटोः सगुन लावती ।