गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५०५ पुग्यो
काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, बागलुङ, लमजुङ र कास्कीमा संक्रमित थपिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १५०५ पुगेको छ । त्यस्तै १२४५ जना निको भई डिस्चार्ज भएका छन् ।