उपत्यकाका ६ सहित थप ३१५ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौंका ५ र भक्तपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६,९९३ जनाको नमुना परीक्षण गरिएको छ ।
क्वारेन्टाइन ११,५३३ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै आइसोलेसनमा ५,३३८ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार कारोना संक्रमण निको भई थप ९३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४,४९२ पुगेको छ ।