कोरोना संक्रमणबाट नेपालमा ५६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,७६८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १२,१११ जना रहेका छन् ।

आइसोलेसनमा ५,३१६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । शुक्रबार १५१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४,३९९ पुगेको छ । काठमाडौंका ३२ जना, भक्तपुरका एक र ललितपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हृदयघात भएपछि पूर्वयुवराज पारस नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । शाहलाई आइतबार हृदयघात भएपछि

सरकारले ल्याएको अध्यादेश हुबहु पारित हुँदैनः नेता विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यथास्थितिमा

पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छः सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने

मनकामनाबाट फर्किँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु

गोरखा । गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४