फास्ट ट्रयाक निर्माणमा देखिएको अदृश्य कारणहरुको खोजी हुनुपर्छः प्रधानसेनापति थापा
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणका क्रममा खोकनामा देखिएको समस्याका समाधानका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् ।
रक्षा मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताए ।
फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए । खोकनाको समस्याले गम्भीर बनाएको उनले बताए ।