संक्रमितको विवरण पारदर्शी होस्



डा.रवीन्द्र पाण्डे|

स्वास्थ्य मन्त्रालयले संक्रमितको विवरण दिंदा पारदर्शी नभएको आम जनताको बुझाइ छ | विवरण दिंदा स्थायी ठेगाना भन्नुको कुनै अर्थ छैन | जुन व्यक्ति जहाँ बसेको छ, त्यहि ठाउँको ठेगाना उल्लेख गर्नुपर्दछ | उदाहरणको लागि काठमाडौंमा ब्यापार गरेको पर्साको व्यक्तिलाई पर्साको विवरणमा किन राख्ने ? काठमाडौं महाबौद्ध बस्ने बर्ष …को भन्यो भने त्यो क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन थप प्रेरित गर्दछ | त्यस्तै काठमाडौंमा ५३ जना भनेर अपुरो सुचना दिंदा आम जनतामा द्विविधा भएको छ |
.
सूचनाको हक स्वास्थ्य मन्त्रालयले उल्लङ्घन गर्नु हुँदैन | ठेगाना लुकाउँदा वा स्थायी ठेगाना भन्दा आम मानिसमा सरकारले संक्रमितको संख्या लुकाएको भन्ने आशंका व्याप्त छ | अमेरिका, युरोप, भारत लगायत देशले जसरी पारदर्शी ढंगले संक्रमितको संख्या, गम्भीर व्यक्तिको संख्या तथा मृतकको संख्या उल्लेख गरेका छन् , हामीले त्यहि गर्नुपर्छ |
.
परीक्षण नगरेको ठाउँमा गरेको भन्ने भनाइ आएको छ | जिम्मेवार पदमा बसेका व्यक्तिले आधिकारिक कुरा मात्र बोल्नुपर्छ | जनतालाई झुठो कुरा गर्नु, सुचना अपुरो दिनु वा अन्यथा दिनुलाई पनि अख्तियारी दुरुपयोग गरेको मानिन्छ | त्यस्तै सुचनाको अधिकार हनन गरेको पनि मानिन्छ |
सरकारले सहि विवरण, पारदर्शी विवरण तथा यथार्थ जानकारी दिने काम गरोस् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुका १३ पदाधिकारीको संयुक्त पत्रः उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याइयोस्

  काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन विश्वविद्यालयका पदाधिकारीहरूले उपकुलपति

मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित