कोरोना संक्रमणबाट अमेरिकामा १ लाख ५५ हजारको मृत्यु, ४६ लाख भन्दा बढी संक्रमित



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १ करोड ७४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८० हजार ३ सय भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ करोड ७४ लाख ६६ हजार ६ सय ९५ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ९ लाख ३३ हजार ७ सय १७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय बढीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार ४ सइ ९५ पुगेको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ५८ लाख ५६ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६६ हजार ३ सयबढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ४६ लाख ३४ हजार ९ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २२ लाख ८४ हजार ९ सय बढी निको भएका छन् भने १ लाख ५५ हजार २ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २६ लाख १३ हजार ७ सय ८९ पुगेको छ भने ९१ हजार ३ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १८ लाख २४ हजार भन्दा बढी निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी-२० आई सिरिजमा नेपालद्वारा अमेरिका १७ रनले पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज

दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका-५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको

समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न आह्वान

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५

दसैँमा कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

इनरुवा । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४