थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टाइनमा क्वारेन्टाइनमा १७,९०३ जना रहेका छन् । आइसोलेसनमा सक्रिय संक्रमितको संख्या ५,४४० जना रहेका छन् । आइतबार ७५ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३,१२८ पुगेको मन्त्रालयले जनाएको छ ।