उत्तर कोरियामा पनि देखियो कोरोना भाइरसको संक्रमण



उत्तर कोरियामा पनि कोरोना भाइरसको पहिलो संक्रमण देखिएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी  कोरियन एजेन्सी सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले उत्तर कोरियामा कोरोनाको पहिलो केस रिपोर्ट भएको जानकारी दिएको छ । देशमा कोरोनाको पहिलो केस देखिएपछि उत्तर कोरियाका नेता किम जोंग उनले आपतकालिन बैठक गरेको केसीएनएले जानकारी गराएको छ ।

रिपोर्टमा संक्रमित व्यक्ति जुलाई १९ मा दक्षिण कोरियाबाट काइसोङ शहर हुदै आएका थिए । उनीलाई अहिले आवश्यक उपचार गर्दै क्वारेन्टाइनमा राखिएको केसीएनएले बताएको छ । किमले अहिले आइसोलेसनका सबै उपाय अपनाउन निर्देशन दिदै काइसोङ शहर इलाकालाई सतर्क बनाएको बताइएको छ ।

केसीएनएले सेनाले अवैधानिक रुपमा संक्रमित उत्तर कोरिया आएको विषयमा छानबिन गर्ने जनाएको छ । यस अघि उत्तर कोरियामा कोरोना संक्रमित रहेको बताइएपनि संक्रमण भएको आधिकारिक पुष्टि भएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी जन्मदर ‘सङ्कटपूर्ण’

  क्रेमलिनले  रुसमा घट्दो जन्मदरलाई उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ । ‘सङ्कटपूर्ण’

चन्द्रमामा फेला परेको गुफामा मानिस बस्न सक्छन् ?

वैज्ञानिकहरूले चन्द्रमामा पहिलो पटक एउटा गुफा पत्ता लागेको बताएका छन्। कम्तीमा १०० मिटर

अष्ट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

मार्कसास टापु समूह युनेस्को विश्व सम्पदा सूचीमा समावेश

  संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा