वेलायती प्रधानमन्त्री जोन्सन भन्छन्-कोरोनाभाइरस महामारीको प्रकृतिबारे हामीले बुझ्न सकेनौं



वेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले उनको सरकारले सुरुका केही साता तथा महिनाहरूमा कोरोनाभाइरस महामारीको प्रकृतिबारे बुझ्न नसकेको स्वीकारेका छन् । बीबीसीलाई दिएको एक अन्तर्वार्तामा उनले लकडाउन लागु गर्न कतै ढिलाइ त गरिएन भन्ने प्रश्नको जबाफ भने स्पष्ट भइनसकेको बताए ।

उनले भने, ‘मलाई लाग्छ हामीले सुरुमा बुझ्न नसकेको एउटा मुख्य कुरा चाहिं लक्षणविहीन रूपमा कसरी एकजनाबाट अर्कोमा यो भाइरस फैलिरहेको थियो भन्ने हो।’ बीबीसीकी राजनीतिक सम्पादक लरा क्युन्सबर्गसँग कुरा गर्दै उनले ’सिक्नुपर्ने पाठहरू रहेको’ र आफ्ना मन्त्रीहरूले ’फरक ढङ्गले काम गर्न सक्थे’ भनेका छन् ।

विपक्षी लेबर दलले सरकारमाथि सङ्कटको व्यवस्थापन राम्ररी गर्न नसकेको आरोप लगाएको छ । यसअघि ब्रिटिश सरकारले सही समयमा सही निर्णय लिइएको बताउँदै आएको थियो । हालसम्म ब्रिटेनमा कोरोनाभाइरस सङ्क्रमणका कारण ४५ हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ। यो सङ्ख्या युरोपेली देशहरूमध्ये सबैभन्दा धेरै हो । त्यहाँ तीन लाखभन्दा धेरै सङ्क्रमित पाइएका छन् । प्रधानमन्त्री जोन्सन स्वयंपनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। उनको सघन कक्षमा उपचार गर्नु परेको थियो ।

गत साता प्रधानमन्त्री जोन्सनले महामारीसँग जुध्न अपनाइएका योजना तथा कार्यका बारे छानबिन गरिने तर त्यो छानबिन अधिकारीहरू तथा स्वास्थ्य सेवाहरू भाइरस विरुद्ध लडिरहेको अहिलेकै समयमा भने नगरिने बताएका थिए । वेलायतमा मार्च महिनाको अन्त्यतिर पूर्ण लकडाउन लागु गरिएको थियो । आलोचकहरूका अनुसार त्यो निकै ढिलो लगाइयो र त्यसका कारण धेरै ज्यान गयो । त्यसबारे जोन्सनले भनेका छन्,‘शायद हामीले फरक ढङ्गले काम गर्न सक्थ्यौँ। तर के काम हामीले कसरी फरक ढङ्गले गर्न सक्थ्यौँ भन्नेबारे बुझ्न समय आउनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

११ करोड रुपैयाँ बराबरको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ

सिन्धुलीका बाढी, पहिरो प्रभावितको पीडाः ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’

राधिका बुढाथोकी, सिन्धुली ।  पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च