थप १५० जनामा कोरोना संक्रमण, ६०९ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३,९६३ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा २१,७०४ रहेका छन् भने आइसोलेसनमा सक्रिय संक्रमित ५,४७७ जना रहेका मन्त्रालयले जनाएको छ । त्यसैगरी मंगलबार ६०९ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १२,४७७ पुगेको छ ।