नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित



काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मका लागि स्थगित गरिएको छ । मंगलबार केही समय बसेको बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिँदै १३ गतेसम्मका लागि स्थगित गरिएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गरेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थिथित भएका थिएनन् । स्थायी कमिटी बैठक अघि ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

स्थायी कमिटीको चौथो बैठकबाट पारित प्रस्ताव

गत २०७७ साल जेठ ३० गते मनसुन सुरु भए यता भएको लगातारको बर्षाका कारण देशमा विभिन्न भूभाग बाढी, पहिरो र डुबानबाट आक्रान्त भएका छन् । बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण साउन ६ गतेसम्म २३३ जनाको ज्यान गएको छ, ९८ जना बेपत्ता भएका छन् भने ९९ जना घाइते भएका छन् । २८२ भन्दा बढी घरहरू पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । सयौँ परिवार घरबारब्हिीन र ब्स्थिापित भएका छन् । तराईका विभिन्न भूभागहरू डुबानमा परेका छन् । राजमार्ग र अन्य सडक तथा पुलहरु क्षतिग्रस्त हुँदा आवागमन अवरुद्ध भएको छ ।

स्थायी कमिटीको यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । प्राकृतिक विपत्तिको यस अवस्थालाई ध्यानमा राख्दै उद्दार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रब्न्ध गर्न, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । क्षतिग्रस्त सडक तथा पुलहरु तत्काल मरम्मत गरी आवागमन चालु गर्न आग्रह गर्दछ ।

सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्दार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन आह्वान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न कम्बोडियालाई सभामुखको आग्रह

कम्बोडिया । पाँच दिनको कम्बोडिया भ्रमणमा रहेका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कम्बोडियाका प्रधानमन्त्री

भन्सार दर घटेसँगै झण्डै १६ हजारले घट्यो तोलामा सुन

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी

सभ्य र हिंसारहित समाज निर्माण होस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको

तस्बिरमा एनपीएलको ट्रफी

काठमाडौं । पहिलो संस्करणको ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग’ (एनपीएल) को ट्रफी सार्वजनिक