वीपी, काङ्ग्रेस र वर्तमान नेपाल



केशवप्रसाद भट्टराई ।

१. वीपी केही महिना गृहमन्त्री र केही महिना प्रधानमन्त्री मात्रै भएका हुन् I  उनको अधिकांश जीबन क्यान्सरसँग लड्दै , प्रजातन्त्रको लागि जेल र निर्वाशनमै वित्यो  I तर पनि आधा सताव्दीसम्म वीपी र उनको पार्टी नेपाली राजनीतिको केन्द्रमा रहे I
काङ्ग्रेस नेपाली राजनीतिको मियो बनेको थियो I विश्वको प्रजातान्त्रिक समाजवादी आन्दोलन र विकासोन्मुख मुलुकहरूलाई नयाँ परिचय र नेतृत्व गरेको थियो नेपाली काङ्ग्रेसले I

२. तर चाँडो भन्दा चाँडो सत्ताप्राप्त गर्ने र सरकारमा पुग्ने दौडमा वीपी र सुवर्णजीहरूबाट प्रतिपादित काङ्ग्रेसका विचार, मूल्य, मान्यता र विश्वासलाई परित्याग गरेर कहिले माले-एमाले,कहिले माओवादी र कहिले मधेशवादीको भरिया बन्दा बन्दै जाँदा गएको ३० वर्षदेखि सत्ता र सरकारमा रहेको काङ्ग्रेस खोज्नु पर्ने भएको छ I भोट छ, भोटर छन् , तर पार्टी वेपत्ता छ I

. विचार र मूल्यमा बाँचेका वीपीले जेल र निर्वाशनबाटै काङ्ग्रेसलाई मुलुकको राजनीतिको केन्द्रमा राखे I
तर सत्ता र शक्तिको बलमा बाँचेका गिरिजा प्रसाद, शेर बहादुर र रामचन्द्र पौडेलहरूले
बालुवाटार, सिंह दरवार,मन्त्री क्वाटर र ग्यालरी बैठक र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भित्रैबाट काङ्ग्रेसलाई मुलुकको राजनीतिवाट झन्डै गायव गरिदिए I
त्यसैले आज मुलुक अनिश्चित भविष्यको बाटो कुरिरहेको देखिन्छ I

. ३८ औँ स्मृति दिवशको अवशरमा नेपाली राजनीतिका र नेपालको राजनीतिक चिन्तन परम्पराका ती स्वनामधन्य महापुरुषमा हार्दिक श्रद्धाञ्जलि !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोटो व्यक्तिमा जोखिम कस्तो छ त ?

– डा अवनिभूषण उपाध्याय केही वर्षअघिसम्म मोटो व्यक्तिलाई स्वस्थ एवं खाइलाग्दो व्यक्तिको रूपमा

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सैनिक दिवस(फोटोफिचर)

काठमाडौं । नेपाली सेनाले २६२औँ स्थापना दिवस तथा शिवरात्रि विशेष कार्यक्रम गरी मनाएको

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

डा. गोविन्दशरण उपाध्याय । दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित

सेना पनि गुटगत राजनीतिमा लागेको भए यो देशको अस्तित्व रहन्थ्यो त ?

-प्रा डा तीर्थप्रसाद मिश्र नेपाल विविध विशेषतायुक्त गौरवमय गाथा भएको र आफ्नै विशेष