थप १८६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५,९३६
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १८६जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १७,८४४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,२१६ वटा नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा २२,२२८ जना रहेका छन् । आइसोलेसनमा ५,९३६ जना रहेका मन्त्रालयले जनाएको छ । सोमबार थप १७३ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११,८६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार रेडजोनमा एक जना परेका छन् ।