‘तीन वर्षभित्रै महाधिवेशन गरौं भन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’
काठमाडौं । सत्तारुढ नेकपाका नेता एवं प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले मंसिरमा एकता महाधिवेशन राख्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पार्टीका वरिष्ठ नेताहरूको असहमति जनाएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक संजाल फेसबुकमार्फत पोखरेलले पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेशन गर्छौं भन्ने नेताहरूले ३ वर्ष भित्र महाधिवेशन गर्ने कुराबाट पन्छिन खोजेको भन्दै सो कार्य उचित हो र ? भन्दै प्रश्न गरेका छन् ।
पोखरेलले लेखेका छन्,‘पार्टी एकता गर्दा दुई वर्षमै एकता महाधिवेश गर्छौं भन्ने नेताहरु ३ वर्ष भित्रै महाधिवेशन गरौं भन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर त्यसमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताले असहमति जनाएका छन् । उनीहरुले यो प्रधानमन्त्री ओलीको अर्को कुर्सीमा बस्ने प्रपञ्च मात्र भएको उनीहरुले आशंका गरेका छन् ।