सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक साउन ६ गतेसम्मका लागि स्थगित
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ ।