थप १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,४४५



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७,४४५ पुगेको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या ५८७१ रहेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,६८८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा २२,७५६ जना रहेका छन् भने आइसोलेसनमा ५,८७१ जना छन् । शुक्रबार कोरोना संक्रमणबाट निको भई २८५ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ११,५३४ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

  काठमाडौँ ।  सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान

आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा

  काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन LIVE

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को

यस्तो छ दलहरुबीच संसदीय छानबिन समिति गठनमा भएको चार बुँदे सहमति(पूर्णपाठसहित)

काठमाडौं । सहकारीको बचत रकम अपचलन छानबिन गर्न बनाइने संसदीय छानबिन समितिको कार्यादलमा