थप १४४ जनामा कोरोना संक्रमण, १०,२९४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १६,९४५पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५,८५६ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइन २३,४७० जना रहेका छन् भने आइसोलेसनमा ६,६१३ जना छन् । सोमबार १,७०५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १०,२९४ पुगेको छ ।