पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन



काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । कोरोना कहरका बेला जनता दैनिक गुजारा चलाउन समस्यामा रहेका बेला मूल्यबृद्धि गरिएको भन्दै फिर्ता लिन माग गर्दै नेविसंघले माइतीघरमा प्रदर्शन गरेको हो ।

झन्डा र ब्यानरसहित कालोपट्टि बाँधेर सहभागी भएका प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए । गतसाता नेविसंघले मूल्यबृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको थियो । निगमले दुई साताको अवधिमा दुई पटक इन्धनको मूल्य बढाएको छ ।
फोटोः सुन्दर खेवाङको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि पक्राउ पर्ने सूचना पाएको छुः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

सरकारका कामकारबाहीप्रति विपक्ष दलहरु रुष्ट, पार्टीगत स्वार्थमा मात्र ध्यान केन्द्रित गरेको आरोप

काठमाडौं । विपक्षी दलहरूको बैठकले सरकार जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको छ ।

बानेश्वरमा विपक्षी दलको बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक

टी-२० आई सिरिजमा नेपालद्वारा अमेरिका १७ रनले पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ