आत्मघाती विश्वासविरुद्ध हामी नेपालीहरू अर्जुन बनेर उठ्न जरुरी छ



डा. गोविन्दशरण उपाध्याय ।

तस्मात्युध्वस्व भारत:
अहिले नेपाललाई सन्चो छैन | राजनीतिमा ऋण लिएर देश चलाउँछु भन्ने वर्गको नेतृत्व छ | शिक्षामा विदेशी प्रतिमानहरूको बोलवाला छ | युवायूवतिहरूलाई रोजगारका नाममा विदेशीको नोकर बन्न अभिप्रेरित गरिंदैछ | राजनीति शब्द नै छलछाम र षड्यन्त्रको पर्याय बनेको छ | राजनीतिको अर्थ नै “ठगी गर्ने वैधानिक संस्था”का रूपमा विकसित हुँदैछ |

प्रजातन्त्रको आवरणमा हदैसम्मको छाडातन्त्र विकसित भएका छन् | धर्मनिरपेक्षता र मानवाधिकारवादको आवरणमा नेपाल र नेपालीको अस्मिता अर्थात् यहाँका रैथाने धर्म, संस्कृति तथा सभ्यताउपर प्रत्यक्ष प्रहार हुँदैछ | राजनीति र विदेशी धार्मिक समुहहरूको गठजोडले गाउँगाउँमा पुगेर धर्मपरिवर्तन भैरहेका छन् |

संविधान विपरित धर्मपरिवर्तनका गतिविधि विरुद्ध बोल्ने नागरिकलाई अप्रगतिशील तथा कट्टरपन्थी भन्दै सरकारीतह बाट नै तिरस्कार गरिंदैछ | यो देशमा देशमा सबै थोक छूट छ तर सनातनी हिन्दू, जैन तथा बौद्धहरूले आफ्नो सरोकारका कुरा बोल्नु हुँदैन | कसैले “म सनातनी हुँ” भन्यो भने ऊ चरमपन्थी हुन्छ, प्रगतिविरोधी हुन्छ तर यदि कसैले “म इसाई हुँ” वा “मुसलमान हुँ” भने त्यो धर्मनिरपेक्षताको सच्चा पहरेदार हुन्छ |

यदि नेपालआमालाई आफ्नै पौरखमा विश्वको (ऋण थपेर होइन) अग्रणी बनाउने हो, यदि युवा पाखुराहरूलाई नेपालको विकासको लागि प्रायोजित गर्ने हो, यदि शिक्षालाई नेपाली प्रतिमान अनुकुल बनाएर विश्वका सबै असल शिक्षाहरूको केन्द्र बनाउने हो, यदि विदेशी कट्टरपन्थीहरूले धर्मनिरपेक्षताका आडमा धर्मपरिवर्तन गर्दै वैदिक सभ्यता नष्ट गदै गरेको रोक्ने हो भने हरेक नेपालीले कर्मयोगी बनेर घरभित्र र वाहिर व्यबहार गर्नुपर्छ |

देश निकै सङ्कटपूर्ण अवस्थामा छ | अव विदेशी प्रतिमान बोकेको राजनीतिमा अन्धविश्वास गर्न छोडेर, विदेशी ऋणले नेपाल विकसित हुन्छ भन्ने मूर्खतापूर्ण सिद्धान्त छोडेर, युवाशक्तिहरू विदेश पठाएर मात्र रोजगारी प्राप्त हुन्छ भन्ने मूर्खतापूर्ण चिन्तन तथा विदेशी प्रतिमान नै श्रेष्ठ राजनैतिक निकास हो भन्ने आत्मघाति विश्वास विरुद्ध हामी नेपालीहरू अर्जुन बनेर उठ्न जरुरी भएको छ |

कसैको आलोचना वा समर्थन गरेर होइन, आफ्नो मौलिक गौरवका जगमा उभिएर अस्मिताको रक्षा गर्नका खातिर “हे नेपाली (अर्जुन) अव उठ | अस्त्रशस्त्र लिएर होइन शास्त्र लिएर हरेक नेपालीलाई जागरुक पार र देशमा व्याप्त असंगतिरूपी कौरवहरूको संहार गर्न तम्तयार होऊ र हरेक नेपालीलाई कर्मयुद्ध गर्न जागरूक पार |

आफु जाग, छिमेकीलाई जगाउँ | नेपाल निर्माणको रैथाने बौद्धिक युद्धका लागि तुरुन्त उठ | तिम्रो अस्मिताले तिमीलाई पुकारी रहेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ