आँट पुग्छ भने भारतले नाकाबन्दी गरोस् !



डा. युवराज संग्रौला ।
नेपाल एउटा स्वतन्त्र राष्ट्र हो । उसलाई आफ्नो सिमानाको रक्षा गर्ने अधिकार छ । नेपालको राजनीतिमा फोहोरी खेलमा खेल्ने अधिकार भारतीय संचार माध्यमलाई छैन । नेपालको प्रधानमन्त्री त कुटनैतिक सम्बन्ध भएको देश चीनको राजदूतका भेटघाटलाई जुन तरिकाले प्रस्तुत गरियो, यो भारतीय सरकारको लाचारी हो ।

१. २०० वर्ष बेलायतले लुट्यो, अपमान गर्यो, तर भारतीयहरुलाई त्यसको अपमान महसुस छैन ।

२. एक पटक चीनसँग युद्ध भयो, सधैं शत्रुता हुन्छ ? दुई सय बर्ष उपनिवेश बनाउने मित्र हुन्छ, सिमाना जोडिएको देश शत्रु हुन्छ ?

३. नेपालका महान्यायाधिवक्ताको काम के हो ? देशको प्रधानमन्त्री माथि यस्तो अपमान हुनु देशको अपमान होइन ? राजदूत महोदय के गर्दै हुनुहुन्छ दिल्लीमा ?

४. सिमानामा प्रमाण पुर्याउन नसक्ने भएपछि, प्रोपोगान्डा वारमा भारत लागेको छ । भारतीय संचार माध्यम ट्रम्को रणनीतिलाई चीनकाबिरुद्ध प्रयोग गर्दैछन् ।

भारतले एसियासँग बस्न सिकेन भने, उसको दुर्दशा हुनेछ । भित्र पसेर दुनियाँ बुझ्नु आवश्यक छ । भारत अमेरिकी चालको गोटी बनेको छ । नेपालमाथि पश्चिमी रणनीति र तिब्बती मुद्दालाई उठाउन चीनलाई विवादमा ल्याउने रणनीतिको राम्रो खेल हुँदैछ ।

तर भारतीय रबैया यही हो भने अब यसकाविरुद्ध लड्नु पर्ने हुन्छ । एनजिओ चलाएर बसेकालाई यस घटनाले किन छोएन ? यसैबाट थाहा हुँदैन र ? भारत एक्लै नेपालमाथी प्रहार गरिरहेको छैन । आँट पुग्छ भने भारतले नाकाबन्दी गरोस् । हामीले अब स्वतन्त्र बाँच्न सिक्नै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ