थप ११८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,६४९
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १६,६४९ पुगेको छ । सक्रिय कोरोना संक्रमितको संख्या ८, ६०३ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,८०६ जनाको नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २ लाख ७५ हजार ९ सय ५१ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइनमा २३,९१० जना र आइसोलेसनमा ८,६०३ जना रहेका मन्त्रालयले जनाएको छ । शुक्रबार १२० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८,०११ पुगेको छ ।