गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बिहीबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, म्याग्दी, बागलुङ, नवलपरासी, लमजुङ, गोरखा र कास्कीमा गरी थप २० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ ।