यो ओलीको मात्र होइन, सिङ्गो देशको अपमान हो



नारायण गाउँले ।

चिनियाँ राजदूतका गतिविधिहरू सार्वभौम र स्वतन्त्र राष्ट्रका नागरिकको आँखामा बिझाउने खालका छन् । भारतीय राजदूतहरू त कहिल्यै पनि मर्यादामा बसेका छैनन् । पक्कै यो आफैमा दुःखद सत्य हो ।
तर भारतीय मिडियामा चिनियाँ राजदूत र हाम्रा प्रधानमन्त्रीलाई लिएर गरिएको घटिया टिप्पणी निन्दनीय छ । पत्रकारको हैसियतमा राजदूतका गैरकूटनैतिक चलखेलहरू प्रति व्यङ्ग्य गर्नुसम्म अलग हो तर यो त सोझै चारित्रिक हमलाका रूपमा आएको छ ।

भारतीय राजदूतलाई बोलाएर यसबारे परराष्ट्र मन्त्रालयले आपत्ति जनाउनु र मिडियालाई माफी माग्न लगाउनु जरूरी छ । यो ओलीको मात्र होइन, सिङ्गो देशको अपमान हो । भारत सरकार र भारतीय मिडिया एउटै होइनन्, जसरी कान्तिपुर या नयाँ पत्रिका नेपाल सरकार होइनन् । तर गलत तथ्य, घृणा र चरित्र हत्या गर्ने मिडियामाथि कारबाही गर्नु सम्बन्धित सरकारको दायित्व हो ।

एउटा पत्रकारले साभार गरेर माओले मास्क लगाएको फोटो छापेको भरमा चिनियाँ राजदूतले आपत्ति जनाएपछि जागीर नै गएको थियो । त्यो उदार र सभ्य देशमा सामान्य र पाच्य विषय थियो । तर भारतीय मिडियाले यसपल्ट सबै खाले हद पार गरेको छ । विश्वको कुनै पनि देशमा यस्तो गतिविधिलाई सामान्य मानिन्न । त्यहाँ हाम्रा पनि त राजदूत होलान् । एक अर्बभन्दा बढ़ी नागरिकमा हाम्रो देश र प्रधानमन्त्रीबारे घृणा फैल्याउने मिडिया स्टन्टप्रति उनले कड़ा र कूटनैतिक आपत्ति जनाए कि जनाएनन् ? “मलाई भारतले हटाउन खोज्यो, भारतको कोरोनाभाइरस चीनको भन्दा कड़ा रहेछ” जस्ता कूटनैतिक मर्यादा नाघेर हाम्रा प्रमले बोलेको हुनाले पनि यस्ता कुप्रचारको प्रतिवाद गर्न बेलाबखत समस्या हुन्छ । हाम्रो बोलीमा पनि संयम जरूरी छ ।

बोल्नुमात्रै राष्ट्रवाद होइन । यदि यसअघि गरिसकिएको छैन भने भोलि बिहानै भारतीय राजदूतलाई मन्त्रालय झिकाएर यस विषयमा कडा आपत्ति जनाइयोस् र आगामी दिनमा समेत यस्ता आधारहीन स्टन्ट नगर्न चेतावनी दिइयोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय पक्षबाट भूमि अतिक्रमण गरेको विषय द्विदेशीय संयन्त्रलाई ध्यानार्कषण गराइएको छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध

लेखा समिति सभापतिका स्वकीय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध

राज्य व्यवस्था समितिमा सांसद थानीलाई रामहरि खतिवडाले बोल्न रोकेपछि….

काठमाडौं । संसदको राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडामाथि कांग्रेस सांसद हृदयराम

वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै,  ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव

  काठमाडौँ । सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ ।