‘स्थायी कमिटी बैठकबाटै समाधान निकाल्नु राम्रो हुन्छ’



विष्णु रिजाल ।

१. पार्टीका बैठकहरू छिटो-छरितो र प्रभावकारी होऊन् भन्ने अपेक्षा स्वाभाविक हो । तर, अहिले पार्टी अप्ठेरोमा फसेको बेला हतार र आवेगमा कुनै निष्कर्षमा पुगिहाल्नुभन्दा अलिकति समय लगाएर, अनौपचारिक छलफल गरेर र बैठक रोक्दै भए पनि सहमति पहिल्याउनु उत्तम हुन्छ । दुई-चार दिन ढिलो-छिटोले तात्विक फरक पार्दैन ।

२. नेकपाको अन्तरिम विधानमा सहमतिका आधारमा निर्णय गर्ने कुरालाई महत्वका साथ उल्लेख गरिएको छ । साथै, सहमति हुन नसकेको अवस्थामा कमिटीले कसरी निर्णय गर्छ भन्ने पनि प्रस्ट रूपमा उल्लेख छ । त्यसैले सकभर सर्वसम्मत्ति, नभएमा विधिमा सहमतिका आधारमा निर्णय गर्नुपर्छ । सधैंभरि पार्टीलाई बन्धक बनाइरहन मिल्दैन ।

३. नेकपाको मूल नेतृत्व स्थायी समितिमा छ । त्यसैले अन्तर्विरोध समाधान त्यहींबाट खोज्नुपर्छ । यसभन्दा बृहद् कमिटीमा छलफल गर्न व्यावहारिक रूपमा पनि त्यति सम्भव नहोला । त्यसैले यतिबेला धेरै कमिटीका बैठक बोलाउनुभन्दा यसैबाट समाधान निकाल्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा परी देशभरमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले

कोशी ब्यारेजको पुलबाट पैदल आवतजावतसमेत बन्द

  इनरुवा ।  कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी ३४ जनाको मृत्यु, डुबानमा परेका १३ सयको उद्धार

काठमाडौँ  । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ  उपत्यकामा ३४ जनाको मृत्यु

अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने निर्णय गरेको