थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,१६८ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १६,१६८पुगेको छ ।

तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेकोले यी चार जिल्ला कोरोना मुक्त जिल्ला भएका छन् । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट ६ हजार १ सय ३३ वटा नमुना परीक्षण भएका छन् । मंगलबारसम्म कुल २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

२५ हजार ७ सय २७ जना क्वारेन्टिनमा रहेका छन् । विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना संक्रमित उपचाररत छन् । मंगलबार ६ सय ८८ गरी ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव बुझे आफन्तले

  काठमाडौँ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान