थप १८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५,९६४
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या १५,९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,७२१ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइन रहनेको संख्या २९,२१५ छ भने आइसोलेसन ९,११८ छन् । पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६,८११ पुगेको छ । त्यस्तै रेडजोनमा ५१९ जना रहेका मन्त्रालयले जनाएको छ ।