‘ओली अक्षम र नालायक साबित भएका छन्’
निष्कर्षमा
-देश, जनता, महामारी र गरिबीभन्दा कुर्सी ठूलो हो । -ओली अक्षम र नालायक साबित भएका छन्, तर प्रचण्ड या नेपाल सक्षम सरकारका लागि लड़िरहेका होइनन् ।
-राष्ट्रपति सिङ्गो देशको हुनुपर्ने हो । तर पार्टीको पनि एउटा गुट र गुटको पनि खास नेताको मात्रै देखिइन् । -कुर्सीका लागि ओली जुनसुकै हदसम्म जान तयार देखिए, राष्ट्रपति जस्तो संस्थालाई व्यक्तिगत स्वार्थमा प्रयोग गर्नेदेखि पार्टी फुटाउने हदसम्म ।
-नागरिकता विधेयकदेखि महामारी नियन्त्रणसम्मका सार्वजनिक महत्त्वका प्रश्नहरू सरकारको आँखामा रत्यौलीमात्रै रहेछ, मजा आइन्जेल खेल्ने र मजा आउन छोड़ेपछि बन्द गर्ने ।
-ओलीले बाजी मारे भने उनलाई घेरेर बसेको माफियातन्त्र थप सक्रिय हुनेछ भने मेलमिलापमा टुङ्गियो भने पनि त्यो झन ठूलो लेनदेन हुनेछ ।
आम जनताले सिंहदरबारदेखि बालुवाटारसम्मको यो नाटकको खर्चका लागि कर तिर्दै गरौँ र कोरोनाभाइरसदेखि सलहसम्म आफै लडौं !
नारायण गाउँले ।