थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, ५१७ जना रेडजोनमा
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १५,४९१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,०५० जनाको नमुना परीक्षण गरिएको छ ।
त्यस्तै क्वारेन्टाइन ३३,१२५ जना रहेका छन् भने आइसोलेसनमा ९,०४२ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २७२ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६,४१५ पुगेको छ । त्यस्तै रेडजोनमा ५१७ जना रहेका मन्त्रालयले जनाएको छ ।