मापदण्ड तोकेर ट्याक्सी चलाउन दिऔं



डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ ।

सार्वजनिक यातायात नचल्दा सर्वसाधारण नागरिकलाई अप्ठ्यारो परेको छ | बिरामी भएर अस्पताल जान समेत निकै असुविधा भएको छ | एम्बुलेन्स सिमित छन् |

सरकारले यातायात संचालनको प्रारम्भिक चरणमा जोरबिजोर आधारमा ट्याक्सी चलाउन अनुमति दिनु उपयुक्त हुन्छ |
ट्याक्सीलाई दिनको २ पटक पुरै स्यानिटाइज गर्ने, सिट कभर नयाँ राख्ने, पछाडिको सिटमा मात्र १ जना वा प्रमाणित एका परिवारका मान्छे बस्न पाउने, ड्राइभरले अनिबार्य मास्क / पंजा / चस्मा लगाउनुपर्ने, ट्याक्सीमा ह्याण्ड स्यानिटाइजर अनिबार्य राख्ने तथा ट्याक्सी चढ्ने व्यक्तिले अनिबार्य रुपमा मास्क लगाउने लगायतका मापदण्ड पुरा गरेर ट्याक्सी चलाउन अनुमति दिनु ब्यबहारिक हुन्छ |
ट्याक्सी एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने, प्यासेन्जरलाई मिटरको आधारमा जहाँ पनि पुर्याउनुपर्ने, बढी भाडा असुल्न नपाउने, ग्राहकले चाहेको ठाउँमा जान्न भन्न नपाइने, बार्गेनिंग गर्न नपाइने लगायतको ट्राफिक प्रहरीले अनुगमन गर्ने तथा मापदण्ड बिपरित चलाएमा १-३ महिना ट्याक्सी चलाउन नदिने र प्यासेन्जरको कम्प्लेन सुन्ने ब्यबस्था मिलाउने हो भने जोरबिजोरको आधारमा ट्याक्सी चलाउन दिनु राम्रो हुन्छ |

ट्याक्सी चालक र उनीहरुको परिवारलाई परेको मर्का राज्यले बुझ्नु जरुरी छ | यो प्रयोग अनुशाशित ढंगले सफल भयो भने लामा बस जस्तै साझा, महानगर, मयुर आदिलाई १ सिटमा १ जना राखेर ( एउटा सिटमा छेउमा, अर्को सिटमा कुनामा बस्ने गरि ) तथा सुरक्षाका सम्पूर्ण उपाय अबलम्बन गरेर संचालन गर्न सकिन्छ |
त्यसपछिको चरणमा ग्रीन जोनबाट ग्रीन जोनमा लामो दुरीका बस चलाउने, ग्रीन जोनमा आन्तरिक हवाइसेवा संचालन गर्ने काम गर्न सकिन्छ |
यी हरेक चरणमा पिसिआर परीक्षणको दयारा बढाउंदै निर्णय गर्नुपर्दछ | हामीले रोग र भोक दुबैको सम्बोधन गर्नु जरुरी छ |
हामी सबैले उच्च अनुशाशन पालना गरेनौं भने संक्रमण बढ्नेछ | त्यो अवस्थामा लकडाउन तथा कर्फ्यु लगाउनु पर्ने स्थिति पनि आउन सक्छ | हामीले जापान, चीन, भुटान, कोरिया, भियतनाम आदि देशका जनताजस्तै अनुशाशित र जिम्मेवार बनेमा हाम्रो जीवन सजिलो र सुरक्षित हुनेछ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ