थप ७४० जनामा कोरोना संक्रमण, एकैदिन ८२३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न २३ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,४८३ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइन रहनेको संख्या ३५,४७२ रहेको छ भने आइसोलेसन ९०८४ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै शुक्रबार ८२३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६,१४३ पुगेको छ ।
यसैबीच, काठमाडौं नयाँबानेश्वरका उच्च रक्तचापका विरामी ८५ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उपचारका क्रममा असार १७ गते मृत्यु भएका उनको स्वाव परीक्षण गर्दा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।