न ओली विरोधीहरुको सरकार बन्ने, न त ओली सरकार टिक्ने अवस्था



भरत दाहाल ।

१. ओली सरकारसंग बदला लिन मोदीको सत्ताले अर्को पक्षलाई उकासिरहेको छ । यसका लागि लैनचौर र होटेलहरुमा दिनहुँ बैठकहरु बसिरहेका छन्। अमेरीकी र यूरोपीयनहरुले ओलीलाई उकासिरहेका छन्। तर यो खेलमा ईण्डियन र पश्चिमाहरुको एउटै रणनीति देखिन्छ त्यो हो अस्थिरता र अराजकता। ईण्डियनहरुले सत्ताधारी दल विभाजन गरेर कसैको बहुमतमा सरकार बन्न नसक्ने परिस्थिति सिर्जना गर्ने र आफ्नो वार्गेनिङ शक्ति बढ्ने गरी अस्थिर गठबन्धनको सरकारका लागि पहल गर्ने योजनामा लागेका छन् । पश्चिमाहरु संसद विघटन गराएर संकटकाल मार्फत् अराजकता उत्पन्न गर्ने योजनामा छन्।

२. ओलीको सरकार ढलेर पुष्पकमल,माधव नेपालहरुको बहुमतको सरकार बन्ने संभावना छैन । यो गुटभित्र को प्रधानमन्त्री बन्ने भन्ने तस्विर पनि स्पष्ट छैन। ओली सरकार ढालेर कुन दिशामा देशलाई अगाडी बढाउन खोजेको हो भन्ने एजेन्डाहरु पनि छैनन्। बाहिर जे विवादहरु देखिएका छन्, ती नितान्त आफ्ना स्वार्थहरु र सत्तामा पहुँचका लागि मात्र केन्द्रित छन्। ओलीको संपूर्ण शक्ति अस्थिरताको धमिलोमा अमेरीकनहरु हुल्ने कुरामा लागेको छ। अर्को पक्षको सोचाई चाहिं ओलीलाई ढालेर आफ्नो सरकार बनाउन ईण्डियनहरुलाई नचिढाउने रणनीतिमा छ । यी दुई ग्याङको लडाईंमा कुनै एउटामा खाप्ने योजनामा कांग्रेस, राप्रपा र मधेशवादीहरुलाई ईण्डियन र पश्चिमा दुबै थरीले जगेडा शक्तिका रुपमा राखेका छन्। यी जगेडाहरुले ओली र पुष्पकमल दुबैतिर कुरा गरिरहेका छन्।

३. ईण्डियनहरु सफल भए भने नागरिकता मार्फत् आक्रमण बढ्ने र अतिक्रमित भूमी फिर्ता गर्ने प्रकृयामा विराम लाग्छ । पश्चिमाहरु सफल भए भने एमसीसी होस् वा अरु कुनै बहानामा हत्याहिंसाको दुश्चक्र सुरु हुन्छ। कांग्रेसलाई एमसीसी र नागरिकता दुबैतिर काम गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको छ। देश र जनताकासंग सम्बन्धित मुद्दाहरु भन्दा बाहिरको यो लडाईं अन्ततोगत्वा एउटै रणनीतिमा प्रयोग हुन्छ। ईण्डियनहरुले चीनका विरुद्धमा पश्चिमाहरुकै सहारा लिन्छन् र पश्चिमाहरुले पनि ईण्डियनलाई हातमा लिएर नै चीन विरोधि रणनीति अघि बढाउँछन्। यो कचिङगल साम्राज्यवादीहरुको योजना कार्यान्वयनको दिशामा उत्पन्न भएको अवरोध पन्छाउने खेल भन्दा बढी केही होईन ।

४. अहिले पनि समस्या राष्ट्रिय ध्रुविकरणको हो। दल नामका विदेशी गिरोहहरू र त्यसभित्रका नानाथरी ग्याङहरू कतिबेला कोसंग लडाइन्छन् वा फूटाइन्छन् भन्ने कुराको कुनै टुंगो हुँदैन। यो कुरा हामीले युद्धकाल देखि हेर्दैछौं। तर विदेशी मिशनमा यीनीहरू कहिल्यै फुटाइएका छैनन् भन्ने तथ्य पनि हामीले भोगेका छौं। अहिले पनि यो झगडा इण्डियनहरूको साथ लिएर पार लाग्ने कि पश्चमाहरूको भन्ने कुरामैं केन्द्रित छ। यसबाट पाठ सिकेर नेपालीहरू नयाँ राष्ट्रिय ध्रुविकरणको दिशामा अघि बढ्नु पर्दछ। ध्रुविकरण विनाको बहस गोलचक्कर मात्र हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ