थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४,०४६ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १४,०४६ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,८८६ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेको संख्या ४८ हजार ३ सय ६२ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइसोलेसनमा ९ हजार ३६० जना रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४,६५६ रहेको मन्त्रालयले जनाएको छ ।
यसैबीच कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । अछामका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । असार १३ गते विरामी भएर बयलपाटा अस्तालमा लगिएकोमा उनको मृत्यु भएको थियो । उनी मधुमेहको विरामी भएका मन्त्रालयले जनाएको छ । उनको मृत्यु पछि गरिएको स्वाव परीक्षणमा कोरोना पाजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।